काठमाडौं, ३ कात्तिक । राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाले जनाए अनुसार सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । प्रहरीका अनुसार सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए । प्रहरीका भनाई अनुसार उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।
COMMENTS