मोरङमा कोरोनाबाट अस्पताल सञ्चालकसहित ४ जनाको मृत्यु

मोरङ, ३ कात्तिक । बिराटनगरमा कोरोना भाईरस संक्रमणबाट थप चार जनाको ज्यान गएको छ ।आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्म अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु हो ।

नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् ।

अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको जानकारी दिए । मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन् । उनलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए ।

ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान ४ बजेतिर मृत्यु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board