सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्दै विप्लव, घोषणा गरे विरोधका कार्यक्रम

काठमाडौं, ५ कात्तिक । सरकारविरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

विप्लवले सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै सरकारविरुद्धका कार्यक्रम गर्ने जनाएको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आज जारी गरेको विज्ञप्तिमाकात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने उल्लेख छ ।

वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत विप्लवले लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board