गलत सन्देश प्रवाह गरे कारवाही गर्ने

काठमाडौँ, ५ कात्तिक । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो ।

केही दिनअघि विभिन्न व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै दशैँमा कफ्र्यु र सङ्कटकालको घोषणाको तयारी भएको भन्दै सर्ट म्यासेज सर्भिस मोबाइल एसएमएस र सामाजिक सञ्जालमा सूचना फैलाएका थिए । गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएको भन्दै प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई सचेत रहन निर्देशन दिएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दूरसञ्चार ऐन, २०५३ को दफा ३ ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगोबमोजिम जरिवानासमेत गर्न सक्छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board