कोरोनाबाट निको भएपछि हरिबंशले भने: धेरै-धेरै माया दिनुहुने सबैमा धन्यवाद

काठमाडौं, ६ कात्तिक । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनाभाइरसबा स‌क्रमणमुक्त भएका छन् । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् । दुबैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।

गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै -धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board