भीम रावलले भने: प्रधानमन्त्रीले रअ प्रमुखसँग भेट्नु आपत्तिजनक

काठमाडौं, ६ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नु आपत्तिजनक भएको बताएका छन् ।

रावलले बिहीबार दिउँसो ट्वीट गर्दै उक्त भेट कूटनीतिक मर्यादाको विपरीत भएको बताए । उक्त भेटलाई कूटनीतिक मर्यादाविपरीत रहेको रावलको भनाई छ । ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ,’ रावलले लेखेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board