धनगढीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

धनगढी, १३ कात्तिक । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनियाबाट ग्रसित महिलाको कात्तिक १० गतेदेखि अस्पतालको मेडिकल वार्डमा उपचार भइरहेको र उनमा १२ गते मात्रै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने “उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board