३ सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो !

जनकपुर, १३ कात्तिक । सवारी चालक अनुमति पत्र धान खेतमा भेटियो भन्दा अचम्म लाग्न सक्छ ! तर, यो सत्य हो । जनकपुरस्थित याताया व्यवस्था विभाग कार्यालयभित्र हुनुपर्ने सवारी चालक अनुमति पत्र धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । त्यो पनि तीन सय सवारी चालक अनुमति पत्र ।

यातायात व्यवस्था कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख वीरेन्द्र साहका अनुसार यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको हो ।

उनका अनुसार कार्यालयको पर्खालको पछाडि धान खेत छ । हिजो ३ बजे खेतमा काम गरिरहेका खेतालाहरूले लाइसेन्स भेटेर कार्यालयमा बुझाएका थिए । यसबारे जानकारी नभएएको उनको भनाई छ । उनको अनुसार कार्यालयको ताला नफुटेकाले पनि यो घटना रहस्यमयी भएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board