धरानमा कोरोना सङ्क्रमणबाट ७३ वर्षीय वृद्धको मृत्यु

दमक, १५ कात्तिक । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो ।

गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । मृतक मुटुरोगी थिए । गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो । यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board