पूर्व राज्यमन्त्री खोभारी राय पक्राउ

काठमाडौं, आईतबार । पूर्व राज्यमन्त्री खोभारी राय पक्राउ परेका छन् । उनी जुवा खालबाट रायसहित १० जनालाई जुवा महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ ।

खोभारी राय

खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । राय त्यसयता राजनीतिमा निष्कृय छन् ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board