प्रस्तावित राजदूतहरु खतिवडा र रेग्मीविरुद्ध परेका चार उजुरीमाथि आज छलफल हुँदै

काठमाडौं, १७ कात्तिक । प्रस्तावित तीन राजदूतविरुद्ध परेका उजुरीमाथि आज बस्ने संसदीय सनुवाइ समितिको बैठकमा छलफल हुने भएको छ ।

प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन् । ती उजुरीमाथि आज बिहान ११ बस्ने बैठकमा छलफल हुंदैछ । यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो ।

उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए । प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board