भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो

काठमाडौं, १९ कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board