अमेरिकी निर्वाचनः अग्रतामा बाइडेन, ट्रम्पले फेरि भने- ‘चुनावमा धाँधली भयो’

काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्। ट्रम्पले अमेरिकी राष्ट्रपतीको चुनाव जित्ने अपेक्षा गरेको स्थानमा पछाडि पर्न थालेपछि यस्तो आरोप लगाईरहेका छन् । ओबामा प्रशासनका उपराष्ट्रपति बाइडेन राष्ट्रपति बन्ने दौडमा अगाडि रहँदा ट्रम्पले चुनावमा धाँधली भएको बताइरहेका हुन्।

जर्जिया र पेन्सेल्भेनिया राज्यमा हाल पोस्टल मत गणना जारी छ। ती राज्यका विभिन्न स्थानमा ट्रम्प डमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनसँग ट्रम्प पछाडि देखिएको छ । यसबीचमा उनले पोस्टल मत ‘हुलाकमार्फत दिइएको मत’ निष्पक्ष नहुने आफूले पहिल्यैबाट बताएको जनाएका छन्।

एक पत्रकार सम्मेलनमा वैध मतलाई मात्र गन्ने हो भने जित आफ्नो हुने ट्रम्पले बताएका छन् । तर चुनावमा धाँधली भएका कारण आफू विभिन्न स्थानमा पछाडि परेको उनको भनाई छ । पोस्टल मत निष्पक्ष नहुने ट्रम्पको दाबीपछि विश्लेषकहरुले उक्त दाबी गलत भएको बताएका छन्। अन्तर्राष्ट्रिय पर्यवेक्षकले अमेरिकी चुनाव राम्रो र निष्पक्ष रुपमा सम्पन्न भएको उनीहरुको भनाई द न्यु योर्क टाईम्सले उल्लेख छ ।

मतगणना जारी, बाइडनको अग्रता
अमेरिकी राष्ट्रपति बन्न ५३८ मध्ये २७० इलेक्ट्रोरल कोलेज भोट चाहिन्छ। अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ। जसमा डेमोक्र्याठ उम्मेदवार जो बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने डोनल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ।

बीबीसीका अनुसार ट्रम्पले मतगणना रोक्न माग गर्दै चारवटा राज्यमा मुद्दा दायर गरेका छन्। निर्वाचनमा धाँधली भएको आरोप दोहर्‍याई रहेका भएपनि उनले कुनै प्रमाण दिएका छैनन्। एरिजोना, जोर्जिआ, नेभाडा र पेन्सिल्भेनिया राज्यमा मतगणना भइरहेको छ। एरिजोना र नेभाडामा बाइडनको झीनो अग्रता छ।

अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अहिले मतगणना भइरहेका केही राज्यमा अड्किएको छ। पेन्सिल्भेनियामा मतगणना रोक्न न्यायाधीशद्वारा अस्वीकार भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई अस्वीकार गरिएको छ।

सङ्घीय न्यायाधीश पल डायमन्डले रिपब्लिकनहरूले मतगणनामा कम प्रवेश नपाएको भन्ने विषयमा दुबै दलका ६०-६० जनालाई मात्रै प्रवेश दिन भनेका छन्। “यो कुरो न्यायिक हस्तक्षेपबिना किन सहमति हुन सकेन भनेर मैले बुझ्न सकिन्,” उनले भने। राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए।

ट्रम्पले झुटो बोलेको भन्दै चीनका ठूला टेलिभिजनले रोके प्रसारण
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा भएको राष्ट्रपतीय निर्वाचनबारे बोलिरहेका बेला चीनका ठूला टेलिभिजन च्यानलले बीचमै प्रसारण रोेकेका छन्।

चीनका टेलिभिजन च्यानल एबीसी, सीबीएस र एनबीसीले ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रसारण बीचमै रोकेका हुन्। साथै उनीहरूले आफ्ना दर्शकलाई राष्ट्रपति ट्रम्पले झुटो बोलेको जानकारी दिएका छन्।

यसैबीच ‘झुटो अभिव्यक्ति’ दिएको भन्दै अमेरिकी च्यानलले बीचमै प्रशारण रोकेको छ । अमेरिकाका केही टेलिभिजन च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको विषयमा दिइरहेको आफ्नो अभिव्यक्तिको प्रशारण बीचमै रोकेका छन् ।

बीबीसीका अनुसार अमेरिकाका एबीसी, सीबीएस र एनबीसी टेलिभिजन च्यानलले ट्रम्पको कन्फ्रेन्स बीचमै रोकेर दर्शकहरुलाई ट्रम्पले झुटो अभिव्यक्ति दिएको बताएका थिए ।

ट्रम्पको कुराबाट उनी ‘पोस्टल भोट’लाई धाँधलीको रुपमा लिइरहेका थिए । ट्रम्पले मतदान हुनुभन्दा अगाडि नै आफ्ना समर्थकहरुलाई पोस्टल भोट नदिई आफैं मतदान केन्द्रमा गएर भोट हाल्न आग्रह गरेका थिए । विपक्षी उम्मेदवार जो बाइडनले भने आफ्ना समर्थकहरुलाई कोरोना भाइरसको महामारी रहेको भन्दै सकेसम्म पोस्टल भोटको माध्यमबाट नै भोट गर्न आग्रह गरेका संवाददाताहरुले बताएका छन् ।

ट्रम्पले बिहीबार कन्फ्रेन्समा विना कुनै आधार वैध मतको आधारमा आफूले निर्वाचन जितेको दाबी गरेका थिए । मतगणनाकै क्रममा अमेरिकाका दुई महत्वपूर्ण राज्यहरु जर्जिया र पेन्सिल्भेनियामा बाइडनसँगको मतको अन्तर घट्दो क्रममा रहेको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board