नेकपा संकटको गाँठो फुकाउने प्रयासमा प्रचण्ड, धुम्बाराहीमा सचिवालय बैठक

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका छन्। नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच आपसी विवाद तिब्र भइरहेका बेला पार्टीको सचिवालय बैठक आज शुक्रबार ३ बजे बस्ने भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । तर सहमति नभएको बताइएको छ ।

स्रोतका अनुसार प्रचण्डले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन् । बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए।

प्रचण्डले आज सचिवालयका नेताहरूसँग पार्टी कार्यालयमा छलफल गर्ने भएका छन् । पार्टीभित्रको पछिल्लो संकट निवारणका सन्दर्भमा गाँठो फुकाउने उपायको खोजीका लागि प्रचण्डले अरू नेतासँग छलफल गर्न लागेको एक नेताले बताए ।

प्रचण्डले छिट्टै प्रधानमन्त्री ओलीसँग छलफल गरेर निकास दिने बताएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको जिकिर छ । नेम्वाङले सयम लिएर भए पनि दुईजना अध्यक्षले यो गतिरोधको निकास दिन आग्रह गरेको बताए । शुक्रबार प्रचण्डलाई भेट्न उपनेता नेम्वाङ खुमलटार पुगेका थिए ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड समूहबीचको तनाब झनै चर्किएको छ । कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपामा संकट देखिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board