नेकपाका पाँच नेता र प्रधानमन्‍त्रीको भेट : सचिवालय बैठक बोलाउन लिखित अनुरोध

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलीमै बैठक बोलाउन लिखित माग गरेको उनले बताए ।

कोभिड—१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखा परेको समस्या, आर्थिक संकट लगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताए । यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडी बढ्न नसकेको अवस्थाको समिक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उनले बताए । कार्यकारी अध्यक्ष दाहालले पटक पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरो

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board