अमेरिकी राष्ट्रपति बाइडनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौं, २३ कात्तिक । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । बधाई दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’

अमेरिकाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीको तर्फबाटजो बाइडन निर्वाचित भएका छन् । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यस्तै बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board