नेकपामा विवाद चर्किएकै बेला राजधानीमा पूर्व एमालेको भेला

काठमाडौं, २३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यतिबेला विवाद उत्कर्षमा पुगेको छ । विवाद चर्किरहेकै बेला राजधानीमा पूर्व एमालेहरुले भने भेला गरेको छ । काठमाडौंमा भएको पुर्व एमालेको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरे । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई सम्बोधन गर्दै पार्टी संकटमा रहेकाले सकारात्मक भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए ।

जिल्ला अध्यक्ष राईका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका हुन् । पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको राईको भनाई छ । उनले भने, ‘हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्‍याउनु होइन’,

उनले पार्टी विवाद चर्किरहँदा त्यसका लागि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको बताए । शनिबार दिउँसो भएको भेलामा पूर्व माओवादी पक्षलाई भने बोलाइएको थिएन । ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने । पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board