नेकपा मसालले गरे ट्रम्पको पराजयमा खुशी व्यक्त

काठमाडौं, २३ कात्तिक । अमेरिकाको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएकामा नेकपा मसालले खुशी व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गरी ट्रम्पको पराजयमा प्रसन्नता व्यक्त गरेका हुन् ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्पले फासीवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उनको पराजय स्वागतयोग्य कुरा हो र त्यस्तो फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा हामीले अमेरिकी जनतालाई धन्यवाद दिन्छौं’ ।

अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा परिवर्तन नआउने मसालको भनाई छ । अमेरिकाप्रतिको आफूहरुको नीतिमा पनि परिवर्तन नहुने बताएको मसाले बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board