काठमाडौं ,२६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९ सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ जना पुगेको छ । जसमध्ये अहिले पनि काठमाडौंमा १७ हजार १६४, ललितपुरमा २५०६ र भक्तपुरमा १२७५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी काठमाडौंमा हालसम्म ५७ हजार ८६७, ललितपुरमा ८ हजार १६८ र भक्तपुरमा ५ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । यसैगरी काठमाडौंमा २८९, भक्तपुरमा ७४ र ललितपुरमा ७७ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ ।
COMMENTS