भारतमा कोरोनाबाट १ लाख २८ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, २७ कात्तिक । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार १६४ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४८ हजार २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८० लाख ६४ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board