अध्यक्षद्धयको सहमतिमा शुक्रबार अपरान्ह ४ बजे सचिवालय बैठक बस्दै

काठमाडौं, २७ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो। महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो। नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ।

बालुवाटारमा बैठक बस्ने तय भएको र अध्यक्षद्धयको सहमतिमा बैठक बोलाइएको महासचिव पौडेलले जानकारी दिनुभयो ।

‘महासचिवको सचिवालयबाट पार्टीको सचिवालय बैठक भोलि बस्ने जानकारी आएको छ,’ एक सचिवालय सदस्यले बताए ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा ध्रुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रचण्डसहित पाँच सचिवालय सदस्यले मंगलबार ध्रुम्बाराहीमा छलफल गरी आज विहिवार सम्म सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पर्खने बताएका थिए। प्रचण्डसहित नेता आज पनि सचिवालय सदस्यहरूसँग छलफल गर्ने बताइरहेका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गरेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board