काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार निर्माण भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको जानकारी दिएका छन् ।
उनले प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको बताए । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो ।
COMMENTS