नेकपाका पाँच नेताले कात्तिक २२ मा प्रधानमन्त्री ओलीलाई बुझाएको पत्रमा यस्तो आरोप (पत्रसहित)

काठमाडौँ, २८ कात्तिक । नेकपाको सचिवालयका पाँच सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी निर्णय कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

बैठक माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले कात्तिक २२ मा ओलीलाई बुझाएको पत्रमा यस्तो आरोप उल्लेख गरिएको हो ।

पत्रमा लेखिएको छ, स्थायी कमिटीको बैठकका निर्णयहरुलाई अध्यक्षद्वयको हस्ताक्षरबाट पार्टीमा निर्देशनको रुपमा प्रेषित गरिएबाट पार्टीपंक्तिमा उत्साह जागेको थियो । पार्टी र सरकारका सबै कामहरु उक्त निर्देशनअनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा त्यस्तो हुन सकेन ।यसले पार्टीमा पुनःसंकट उत्पन्न गरेको छ र आम पार्टी पंत्तिमा गम्भीर चिन्ता छाएको छ ।’ पत्रमा भनिएको छ ।
पत्र

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board