काठमाडौं, २ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप २८ हजार ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ७३ हजार ९९४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ८७ हजार ९३० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ५५२ पुगेको छ ।
COMMENTS