काठमाडौँ, २ मंसिर । चुनावमा पराजय भएर पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकाल अझै लम्ब्याए अमेरिकामा कोरोना संक्रमणले धेरै व्यक्तिको ज्यान जाने राष्ट्रपति निर्वाचित जो बाइडेनले बताएका छन् ।
केही दिन यता लगातार संक्रमण बढ्दै गएको अमेरिकामा पछिल्ला दिन मृत्यु पनि बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा अमेरिकी सरकार पनि अन्तरिम अवस्थाबाट गुज्रिएको छ । यसको असर महामारी नियन्त्रणमा पनि परेको बाइडेनको दाबी छ ।
ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको छैन ।
नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।
ट्रम्पले आफू पराजित भएको स्वीकार नगर्नु ‘लज्जाको’ विषय रहेको बाइडेनले दोहोर्याए ।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् ।
ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए ।
COMMENTS