– तेजेश्वरबाबु ग्वंग – संस्कृतिविद्
हिन्दुहरुको दोस्रो महान् चाड तिहारको अवसरमा सांस्कृतिविद् तेजेश्वरबाबु गंग्वसँग हाम्रा चाडपर्वहरुको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे ध्रुव अधिकारी र सपना थामीले गरेको संवादमा आधारित :–
दशैंलाई हामीले भर्खरै बिदा गरेका छौं अब तिहार पनि सकिने क्रममा छ । मान्छे हामी सबै मान्छे नै हौं । मान्छेले मान्छेलाई कसरी हेर्नेभन्दा आ–आफ्नो दृष्टिकोण, रुची, आफ्नै विचार, आफ्नै पद्दति विशेषगरी तिहारको सन्दर्भमा म एउटा नेवार समुदायको शुद्ध भाद्गाउ“ले नेवार, नेवारहरुले यो ५ दिन मनाउँछन् । यमपञ्चक अरुले पनि मनाउँछन् किनभने यसमा हामीले पा“च दिनमा पा“च तत्वहरुलाई आराधना, पूजा र अर्चना गर्दछौं ।
काग तिहार
सबभन्दा पहिला काग तिहार त्यसपछि कुकुर तिहारमा हामी पूजा गर्ने गर्दछौं र तेस्रो चाही गाई तिहार भनेर लक्ष्मी पूजा गर्दछौं, चौथो दिनलाई गोबद्र्धन तथा गोरु तिहार र पा“चौ अन्तिम एवम् विशेष दिनमा भाइटिका गर्दछौं ।
यी कुराहरु कुन–कुन दिनमा हामी के–के गर्दछौ भन्ने कुराहरु भए । तर यी पूजाहरु किन गर्नेभन्दा यिनीहरुको छुट्टा–छुट्टै विशेषताहरु छन्, म भन्न चाहन्छु, हामी मानव यो पृथ्वीमा बसेका मानवहरु भयौं । पृथ्वीभरीका सबैको आफ्नो–आफ्नो यहाँको वातावरण, आफू बसेको ठाउँको, भौगोलिक वातावरणको, पर्यावरण, वस्तुस्थिति सबै कुरालाई मिलाएर यो आराधना गर्दछौं । यहाँ मात्रै होइन, संसारभरी नै यो गर्दछौं । सबैले आ–आफ्नो परिवेशमा गर्दछौं, हामी हाम्रो तरिकाले गर्दछौं । भूगोल भन्नाले संसार जो घुमिरहन्छ, सबै सूर्यको वरपर घुमिरहन्छ, सौर्यमण्डलमा रहन्छन्, नवग्रहहरु । त्योभित्र पृथ्वी छ त्यो पृथ्वीभित्र नेपाल एक ठाउँमा छ । नेपालको भूगोलको आकार फरक छ, सबैलाई थाहा छ, माउन्ट एभरेष्ट सगरमाथाको देश भनेर थाहा छ, अर्को बुद्धको देश भनेर थाहा छ, देवस्थलको मुलुक भनेर यो हामीले शरद ऋतुको पछिल्लो भागमा तिहार चाहिं मनाउँछौं यमपञ्चक भनेर । यमपञ्चकमा हाम्रो पाँच वटा तत्वहरुलाई पूजा गर्छौ जुन मैले अघि पनि उल्लेख गरें ।
त्यो बेला कागले काँ–काँ गरेर गर्छ नि हामी शुभ बोल π शुभ बोल π भन्छौं नि π असल–असल समाचार मात्र लिएर आऊ, राम्रो समाचार लिएर आऊ । भोलि केही नराम्रो केही अनिष्ट केही घट्दैछ भने कागले समाचार लिएर आउँछ, कागको स्वर नै नराम्रो हुन्छ के ! कुनै पनि एउटा काग समूह मिलेर बस्छ, कुनै एउटा कागको मृत्यृु भयो भने, त्यो बेलाको कागको शोकाकूल परिवार सबै एकै ठाउँमा जम्मा हुन्छन् र अर्कै स्वरमा कराउँछन्, उनीहरुको बोली नै अर्कै हुन्छ ।
त्यस्तो खालको सचेत पंक्षी कागलाई हामी असल–असल समाचारहरु ल्याऊ, सन्देश ल्याऊ, असल बोली, वचन लिएर आऊ भन्दै हामी शुभबोल π शुभबोल π भन्छौं । त्यस्तो खालको पंक्षीलाई पूजा नगरिकन हुन्छ ? काग भनेको पन्छी हो हाम्रो वातावरणमा हुर्केको, जन्मेको एक आपसमा सहयोग गर्ने भावना भएको, तिनलाई पनि हामी पूजा गर्छौ । हामी कागतिहारमा कागको पूजा गर्छौ । यो सबै संस्कारहरुमा छ कि छैन थाहा छैन तर पूजा भने सबैले नै गर्छन् ।
कुकुर तिहार
त्यस्तै, कुकुरतिहारमा अब कुकुर कस्तो खालको सामाजिक प्राणी हो भने, घरपालुवा जनावर कुकुरले आफ्ना परिवारका सदस्यहरु बाहेक बाहिरका मान्छे आयो भने कराउँछ ।
कुकुरले हाम्रो घरको संरक्षण गर्छ, हेरविचार गर्छ र स्वामीभक्त हुन्छ । हामी घरपालुवा कुकुुरलाई हेरविचार गर्छौ, खाना त हामी सधैं खुवाउँछौं तर कुकुरतिहारको दिन माला, टिका लगाएर खाना खुवाएर पारिवारिक सदस्यबीचमा विशेष रमाइलो गर्छन् ।
कुकुर, सम्पत्तिको सुरक्षाका निम्ति पनि पालिन्छ ।
गाई तिहार
गाई पूजाका दिन गाईलाई पूजा गर्छांै, गाईले हामीलाई पोषिलो दूध दिन्छ । हामीले गाईलाई सम्मान गर्छौ, यसलाइ हामीले छिःछिः र दुर–दुर गर्ने हो र ? मस्तसँग खान दिने हो । काठमाडौंका गाई त प्रशस्त खान नपाएर हड्डी–हड्डी देखिन्छ, ङिङ्रिङङ् देखिन्छ । प्रशस्त खान दिनुप¥यो, मस्तसँग दानापानी दिनप¥यो अनि दूध दिन्छ । दूध दिने मात्रै होइन उसको काम, ऊ मरेपछि गाईको छालाबाट लगाउने जुत्ता, पेटी बनाउँछ । सिङको टाँक बनाउँछ, कुनै पनि चीजहरु खेर जाँदैन । त्यसैगरी गाईको गहुँतको पनि महत्व छ, मानव समाजका निमित्त कल्याणकारी, हितकारी छ, मृत्युपछि पनि आवश्यक छ, गोबर, गाईको गहुँत यसकारण पनि हामी गाईलाई पूजा गर्दछौं । धार्मिक दृष्किोणले मात्रै होइन, सामाजिक दृष्टिकोण, आर्थिक र औद्योगिक दृष्टिकोणले पनि गाईको महत्व छ यसकारण गाईको पूजा गर्नुपर्छ र गर्छौं पनि ।
गोबद्र्धन पूजा/गोरु तिहार
गोबद्र्धन पूजा भनेको के हो भने गो भनेको गाई र बद्र्धन भनेको बृद्धि गर्ने । पहाडमा भएको जडीबुटीहरु खान्छ, हृष्टपुष्ट हुन्छ, भगवान, प्रकृति र सृष्टिले गाईलाई यस्तै खालको संचेतना दिएको छ उसले घाँस र जडीबुटी सुँघेर उसले थाहा पाउँछ । यो संजीवनी बुटी यहाँ छ भनेर थाहा पाउँछ र खान्छ । त्यसैले उसलाई त्यो पहाड, वनजंगल, जडीबुटी र हरियाली सबै चाहिन्छ । त्यसकारण उसले खान पाउनुपर्छ, चर्न पाउनुपर्छ । हामीले पहाडको संरक्षण गर्नुपर्छ, चरण क्षेत्रको संरक्षण गर्नुपर्छ । हामीले वनको संरक्षण गर्नुपर्छ, हामी हिन्दूहरुको पूर्वीय जीवन दर्शनमा यस्तै–यस्तै खालका शिक्षादिक्षा दिइरहेको हुन्छ, तर हामीले चाहिं यसलाई एकखालको धारणा मात्रै हो भनिरहेका हुन्छौं । धारणा त सबै धारणा नै हो नि, दर्शनशास्त्र हो, विधिशास्त्र हो, सामाजिक विविधता हो, दायित्व हो । आ–आफ्नो परिवेशमा, आ–आफ्नो भूगोलमा सबैले गर्छन् आफ्नै प्रकारबाट ।
नेवार समुदायको गोबद्र्धन पूजा,
अब त्यो गोबद्र्धन पूजामा हामी नेवारहरुले विशेषगरी लहरै मानिसहरु बसेर चकटी, गलैंचाहरु ओछ्याएर गोलो आकारको मण्डप बनाउँछौ. जस्तो यो पृथ्वीको आकार छ, यो सूर्यको वरिपरि घुम्छ, त्यस्तै किसिमको हाम्रो जीवनचक्र छ नि, जीवन पनि घुमिरहन्छ । हाम्रा चाडपर्वहरु फेरि–फेरि मनाउँछौं । यो वर्ष बाजा बजाउने, बाँसुरी बजाउने, मादल बजाउने, हामी खिम भन्छौं, लाला खिम भन्छौं, ठूल–ठूलो धिमे बाजा हुन्छ । त्यस्तै हाम्रा बाजाहरु ऋतु, समयअनुसार बजाइन्छ । गाईजात्रामा मात्रै एउटा बाजा बजाइन्छ, घिने ट्वाङ, घिने ट्वाङ, घिनसाङ टिके ट्वाङ भन्ने । यसलाई हामी खेमबाजा भनिन्छ । हरेक कुराहरु मौसमअनुसार फरक हुन्छन् । यो चाही शरद ऋतुको अन्त्यतिर यमपञ्चक तिहार मनाउँछौं ।
भाइटिका
तिहारको महत्वपूर्ण दिन भाईटिका हो । भाईटिका भनेको के हो त, एउटै आमाको कोखबाट जन्मिएका दाजुभाई दिदीबहिनीलाई एकआपसमा प्रेम, स्नेह गर्ने । यस्ता किसिमका अमूर्त रुपहरुलाई मूर्त रुप दिनको लागि हामीले यस्ता पर्व मनाउछौं ।
दिदीबहिनीहरुले आफ्नो घरबाट आफ्नो गक्षअनुसार माईतीमा दाजुभाइका लागि पूजा गर्नका निमित्त, उसलाई उपहारहरु लिएर, टिका लिएर सक्नेले सक्दो किसिमले आफ्नो–आफ्नो औकातअनुसार आर्थिक अवस्था, सामाजिक अवस्था र परिवेशअनुसार नजिकमा भएकाहरु आउँछन्, टाढा भएकाहरु आउन सक्दैनन् । दाजुभाइलाई दिदीबहिनीहरुले त्यस्तै दाजुभाइले पनि दिदीबहिनीहरुलाई उपहार, दक्षिणा दिन्छन् ।
प्रकृति, मानव र जीवजन्तुबीचको अन्योन्याश्रित सम्बन्धको अर्थबोध हुन् हाम्रा चाडपर्वहरु
हाम्रा नेपाली चाडपर्वहरुका फरक–फरक अर्थबोध छन् । यसको लामो कथा छ र आफ्ना–आफ्नै विशेषता पनि । यस्ता चाडवाड, रीतिरिवाजलाई संसारको जुनसुकै ठाउँमा गएका नेपालीहरु भएपनि निरन्तरता दिइरहेका छौं । यसरी हामी देवआव्हान गर्दछौं, किनभने हामीले हाम्रा भावी सन्ततिहरुलाई संस्कार र संस्कृति सिकाउनुछ, बुझाउनुछ त्यसकारण त्यो कल्चर कुराहरु कम्युनिकेट गर्न, कन्भे गर्नलाई यस्ता किसिमका कुराहरु जति देखायो उति नै उसले बुझ्छ ।
हाम्रा यी चाडपर्वहरुले मानव र जनावरबीचको सम्बन्धहरु, सामाजिक सम्बन्धहरु जति बुझायो त्यति बुझ्छ । मानव र जनावरबीचको सम्बन्ध परनिर्भर छ । प्रकृतिले आफ्नो, इकोब्यालेन्स सन्तुलन मिलाउनको लागि प्रकृति र मानिसहरुबीचको सम्बन्ध मिलाएको हुन्छ तर मानवले आफू अनुकूल प्रकृतिलाई प्रयोग गर्दा इकोब्यालेन्स बिग्रियो र जंगली जनावरहरुले शिकार गर्न पाएनन् र मानव बस्तीमा जंगली जनावर प्रवेश ग¥यो भन्ने सुनिन्छ, यसमा मानव दोषी छ, जनावर होइन ।
उमाथि ऊ निर्भर छ, यो प्रकृतिभित्र छ, प्रकृतिले दिएको छ । सबैज्ञान सबैप्राणाीमा छ । आफूलाई चाहिने कुराहरु आफैं खोज्छन्, आफैं खोजेर आफैं लालन–पालन गर्छन् । घरपालुवा जनावर, जंगली जनावर, चराचुरुङ्गी र मानिसबीचमा अन्योन्याश्रित सम्बन्ध छ । हाम्रा पिता, पुर्खाहरुको पालादेखि नै चल्दै आएका हुन् यी रितिरिवाज र परम्पराहरु । हिजोको परिवेश अर्कै थियो आजको परिस्थति अर्कै छ, समयअनुसार परिवर्तन हुँदै जान्छन् ।
आत्मतत्व र चेतना तत्वको म्हः पूजा
म्हः भनेको शरीर हो । शरीरलाई किन पूजा गर्छौ भन्दा शरीरभित्र हाम्रो चेत छ, चेत भनेको चेतना छ ।
चेतना तत्व भनेको आत्मतत्व हो, आत्मतत्व भएको हुनाले हाम्रो आफ्नै तत्व भएको शरीरलाई हामी पूजा गर्छौ, म्हः पूजा भनेको यही हो । मृत्यु भइसकेकोमा यो हुँदैन, मृतशरीरलाई त हामी पूजा गर्दैनौं नि । त्यसकारणले सजीव चाहिं, चेतना बस्ने ठाउँ त चाहियो नि शरीर । जसरी मान्छे बस्ने घर चाहिन्छ चेतना तत्व बस्ने घर शरीर हो ।
यो आत्मा रहुन्जेलसम्म मात्रै यो जीवित रहन्छ । जीवित आत्मा हामीसँग नरहेपछि, जीवित आत्मालाई हामीले म्हः पूजा गर्छौं । देहलाई पूजा गर्नु, आफैंले आफूलाई पूजा गर्नु, मण्डपमा दियो बाल्नु, धागो बाल्नु, दियो, बत्ति बाल्नु अरुले गर्ने होइन यो ।
आफूले आफैंलाई पूजा गर्ने हो । आफ्नो चेतनालाई आफैंले सम्मान गर्ने । यस्तो समयमा पनि म लेखिरहन्छु, चेतना त छ नि ममा । मलाई यसैमा आनन्द आउँछ, आफ्नो चेतनालाई आफैंले सम्मान गर्ने हो, म्हः पूजा त्यसैले यो मण्डपमा पूर्व–पश्चिम, उत्तर–दक्षिण गरेर पूजा गर्ने, यो विशेषगरी नेवारहरुले मात्रै गर्छन् । त्यसैले नेवार संस्कार र संस्कृति बेजोड र विशेष खालको छ । संसारमा यस्तो कसैले गर्दैन । यो संस्कार विदेशीहरुका लागि पनि आकर्षक र रोचक छ ।
नेपाल संवत्/ न्हूदय् भिन्तुना
नेपाल संवत् न्हूदय् भिन्तुना π नेपाल भाषाको प्रवद्र्धन गर्नुपर्छ, संरक्षण र लिपिबद्ध गर्नुपर्छ भन्दै शंखधर साख्वाः ले काम गरे । भक्तपुरका राजा आनन्ददेव मल्लको पालामा शास्त्र त त्यो बेलामा पनि थियो, ज्योतिषशास्त्र लेखाजोखा गर्नेहरु हुन्थे । ललितपुरको बुङमतिमा मास्तिरबाट बगेर आएको बालुवामा सुनको अंश पनि मिसिएर आउँछ, त्यो बेलामा बालुवा जम्मा गरेर ल्याउन सकियो भने त्यसबाट सुन तयार हुन्छ भन्ने थियो । त्यो बेला खर्पन बोक्ने त हो, खर्पनमा बालुवा चाही टन्न बोकेर ल्याएछ र
शंखधर साख्वाःले घर नजिकै खर्पन बोकेर ल्याएको मान्छे देखे, बालुवा सुनजस्तै टल्केको देखेर, उसलाई एक प्याला रक्सी खुवाएर, अण्डाहरु खुवाए र मलाई पनि बालुवा चाहिएको छ एकछिन बस न भनेर उसलाई फकाएर त्यो बालुवा आफ्नो घरमा खन्याउन लगाए र उसलाई फेरी अर्को बालुवा लिन पठाए र खर्पन बोक्ने किसान अर्कोचोटीको बालुवा लिएर राजाकोमा गए । यता शंखधर साख्वाः ले त्यो बालुवा प्रशोधन गरे, सुनको डल्लै ल्याएको त होईन नि त । त्यसैले सुन बेचेर ऋणीहरुलाई ऋण मोचन गर्दिए,
ऋण तिर्दिए । त्यही ऋण मोचन गरेको हुनाले उनलाई गरिबी निवारण गर्ने भनेर अहिलेको सरकारले पनि भनिरहेको छ, उसले त्यो बेला ग¥यो नि त्यसकारणले शंखधर साख्वः लाई ऋणमोचक भनिन्छ र पछि सरकारले उसलाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गरियो ।
कला, संस्कृति, जातजाति र भाषाभाषीहरुको साझा राष्ट्र नेपाल
विभिन्न कालखण्डमा मल्लवंशीय राजादेखि र शाहवंशीय राजासम्म हाम्रा यी चाडपर्व, रीतिरिवाजहरुलाई निरन्तरता दिदै आए, यसको महत्व बुझे त्यसैले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि भनेका छन्, मैले राज्य एकीकरण गरेको हुँ तर संस्कृतिलाई मैले पालना गर्दछु भनेर कुमारीलाई पूजा गरे र कुमारीबाट प्रसाद ग्रहण गरे । मैले संस्कृतिलाई निरन्तरता दिन्छु भनेर सम्मानपूर्वक सम्मान गरे । र, आजसम्म पनि राष्ट्रप्रमुखहरुले
इन्द्रजात्राका दिन कुमारीको दर्शन गर्ने प्रथा छ । यस्ताखालका सांस्कृतिक अन्तरघुलन र आदानप्रदान राजनीतिमा आवश्यक छ । राजनीतिले यो कुरा बुझेन भने राज्य सञ्चालन गर्न सक्दैन, राज्य व्यवस्था दिगो राख्न सक्दैन । देशभित्रको सम्पूर्ण जातजाति, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्ने काम राज्यको हो । यसलाई राम्रो प्रकारले बुझ्न र व्याख्या गर्न सक्नुपर्छ, पद्धति अँगाल्न सक्नुपर्दछ । आजको नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो यसैले नेपालभित्रका सम्पूर्ण जनताहरुका फरक–फरक रीतिरिवाज, प्रथा र परम्परा, यसका ऐतिहासिक पक्षहरुलाई हाम्रो राष्ट्रको सम्पत्ति हो, कला र संस्कृति, जातजाति, भाषाभाषीहरुको साझा राष्ट्र नेपाल हो ।
अन्त्यमा, म राजनीतिक प्राणी होइन, सांस्कृतिक प्राणी हुँ । म नेवारको छोरा हुँ, म नेवारी बोल्छु, म बुझ्छु तर म जनकपुरको मैथली भाषा बुझ्दिन तर, बुझ्ने कोसिस गर्छु । भाषा सधैं नबुझिने हुँदैन, बुझ्न चाह्यो भने बुझ्न सकिन्छ । किनभने, अंग्रेजहरुलाई नेपाली भाषा सिकाएको छु, क्यालिफोर्नियामा । परिवेश अनुकूल भयो भने भाषा सिक्न सकिन्छ, स्प्यानिस् भाषा मैले पनि सिकें नि । मैले सिकेपछि अरुलाई पनि ए, यस्तो पो हुँदोरैछ भनेर सिकाएँ । मेथड भनेको यही हो ।
COMMENTS