नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटरमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको बताईएको छ । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओलीले भने आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए । तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board