नेपाल-भारत संयुक्त बैठकः जयनगर-कुर्था र जोगवनी-विराटनगर रेलमार्ग सञ्चालनबारे छलफल

काठमाडौं, ५ मंसिर । जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगर सीमापार रेलमार्ग परियोजनाबारे नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न भएको छ। बिहीबार भिडियो कन्फरेन्समार्फत् बसेको बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगर सीमापार रेलमार्ग परियोजनाबारे समिक्षा गरेका थिए ।

उक्त बैठकमा भारतीय टोलीको नेतृत्व रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए । यस्तै नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे छलफल भएको जनाईएको छ । बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका लागि आवश्यक पर्ने स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर (एसओपी)का बारेमा पनि चर्चा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तत्कालीन ब्रिटिश इन्डियाद्धारा न्यारो गेजको रुपमा निर्माण गरिएको उक्त रेलमार्ग खण्डलाई ३८० करोडभन्दा बढी भारु लागतमा भारतले ब्रोड गेजमा स्तरोन्नति गरेको थियो । यस रेलवे लिंकमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा रेल सेट खरिद गरेको हो । हाल भारत सरकारले २ सय करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय गर्ने बारेमा पनि बैठकमा छलफल भएको विज्ञप्तीमा भनिएको छ ।

३७४ करोड अनुदान सहयोग अन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले बैठकमा सहमति जनाएका छन्।

जारी गरिएको विज्ञप्ती अनुसार रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न समझदारी गरिएको छ ।

नेपालभारत संयुक्त कार्यदलको चौथो बैठक, के-के भयो छलफल ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board