पोखरामा प्याराग्लाइडिङ खस्दा एक पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

पोखरा, ८ मंसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ। दुर्घट्नामा परेर एक यात्रु गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो। दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनको उपचारको लागि मेट्रोमा लगिएको छ । अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौंमा रिफर गरेको छ । उनको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board