महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या प्रकरणले तनावग्रस्त, सडकमै शव राखेर विरोध प्रदर्शन

महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोधमा यतिबेला तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । त्यहाका स्थानीयसहित बेखांडी युवा क्लवका युवाहरुले उक्त घट्नाको निष्पक्ष छानविन गर्न माग गर्दै यतिबेला विरोध प्रर्दशन गरिहेका छन् ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् । बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई प्रहरी पक्राउसमेत गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका थिए ।

उनीहरुले उक्त घट्नामा प्रहरीलाईसमेत आशंका गरेका छन् । स्थानीय युवा सागर राइले भने, ‘एक सानी बालिकाको बलात्कार गरी हत्या गरेर शव बोरोामा पोका पारेर फाँलिदिएको छ । यो घट्ना आफैंमा कति क्रुर र दर्दनाक होला कल्पना गर्न सकिन्न, हामी स्थानीयवासी मर्माहित छौँ, उनले भने, । प्रहरीले उक्त घट्नाको दोषीलाई उम्कन नदिई कडा भन्दा कडा चाँडो कारबाही गरोस् हामी यहि चाहान्छौँ’ ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्दा स्थानीय ३ जना युवा गम्भीर घाइते भएका छन् । घाइतेहरु संजय न्यौपानेको पीनाकाल अस्पतालमा, श्याम कार्की र अफताव आलमको शुभशोस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

बालिका हत्याको विरोधमा स्थानीयले चोकचोकमा बाटो बन्द गरेका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव सोमबार मध्यराति फेला परेको थियो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास-१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए । अहिले स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपछि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेकाले केही बताइसकेको छैन ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार स्थानीहरुको अत्यधिक भीड रहेको र उनीहरुले आगो नियन्त्रण गर्न नदिइरहेकोले अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन । घटनास्थलमा प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड आँसु ग्याससमेत प्रहार गरिएको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board