नेपाल-भारत: ‘सीमाका विषयमा छलफल गर्न तयार’

काठमाडौं, ११ मंसिर । सदिऔँदेखि धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचारको गहिरो सम्बन्ध रहिआएको नेपाल र भारतबीचको सम्बन्ध पछिल्लो केहि समय यता चिसिएको दुवै देशका नागरिकले महशुष गरेका छन् । नेपाल भारतबीच जति सम्बन्ध राम्रो हुनुपर्ने हो त्यति राम्रो सम्बन्ध पछिल्लो समय सीमा विवाद लगायतका विषयमा हुन सकिरहेको छैन ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गर्दै आईरहेको थियो । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको गत महिना भएको नेपाल भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र अलमलजस्तो अवस्थामा रहेको विवादलाई मत्थर गर्न केहि हदसम्म योगदान भने पुगेको छ ।

पछिल्लो समय भारतको उच्चअधिकारीहरुको नेपाल भ्रमण निरन्तर हुन थालेको छ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण लगत्तै भारतका विदेश सचिव हर्षबर्द्धन श्रृंगला आजबाट नेपालल भ्रमणमा आउँदैछन् । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आउँदैछन् । आजबाट शुरु हुने विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको स्रोतले बताएका छ ।

भारतका एक उच्च अधिकारीका अनुसार भारत सीमाका सम्बन्धमा छलफल गर्न तयार रहेको छ । यी विषयमा लामो गृहकार्य गर्नुपर्ने र राजनीतिक तहमा हल गर्नुपर्ने उनको भनाई छ । तर कुनै विषयमा कुरा गर्ने र नगर्ने भन्ने आफूहरुको अडान नरहेको र नेपालले उठाएका सबै विषयमा कुराकानी गर्न भारत तयार रहेको ती अधिकारको भनाई छ ।

अहिले रहेका द्विपक्षीय विषयबाहेक विशेषत कोभिड-१९ को नियन्त्रणमा सहकार्य, भ्याक्सिनको विकासलगायतका क्षेत्रमा नेपालसँग भारत सहकार्य गर्न चाहेको ती अधिकारीको भनाई छ ।

भारतले बंगलादेश, म्यानमार लगायतका अन्य मुलुकसँग कोभिड–१९ सम्बन्धी अनुसन्धान, तालिम र भ्याक्सिन उत्पादनलगायतका विषयमा सहकार्य गरिरहेको बताएको छ । विदेश सचिव श्रृंगलाको भ्रमणपछि हुने संयुक्त कमिसनको बैठकमा यी विषयमा विस्तृतमा कुराकानी हुने ती अधिकारीको भनाई छ ।

सरकार, सबै राजनीतिक दल र संसद्ले भारतले अतिक्रमण गरेको नेपालको लिपुलेख, लिम्पियाधुरा र कालापनी क्षेत्र तत्काल फिर्ता गर्ने प्रस्ताव एकमतले पारित गरे पनि उक्त क्षेत्र अहिलेसम्म भारतकै अधीनमा छ । हामीसँग उपलब्ध सबै कागजात र प्रमाणले त्यो क्षेत्र नेपालकै भूभाग हो भन्ने प्रष्ट भए पनि वार्ताको माध्यमबाट समस्या समाधान गरौँ भन्ने नेपालको बारम्बारको आग्रह र प्रस्तावलाई छिमेकीले अझै सकारात्मकभावबाट ग्रहण भारतले गरिरहेको थिएन । यद्यपि यो विषयले दुवै देशमा एकखाले तरङ्ग भने पैदा चाहि गरिरहेको छ ।

नेपाल र भारतबीच सदिऔँदेखि धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचारको गहिरो सम्बन्ध रहिआएको छ । संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाबिना एक देशबाट अर्को देशमा सहजै आवतजावत गर्न पाउने व्यवस्था छ । 

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board