गुल्मी जीप दुर्घटना ज्यान गुमाएका पाँच जनाको परिचय खुल्यो

गुल्मी, १२ मंसिर।  गुल्मीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान , ३३ का शिवबहादुर दर्लामी , ३० वर्षका बसन्त दर्लामी , ३३ वर्षका धनबहादुर अछामी र मालिका ५ का बर्ष ८० की सुन्दरी थापाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । इश्माकै वडा नं ४ का १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे ७ बजेतिर दुर्घटना भएको थियो । प्रहरीले जीपका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board