नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी डिबी बस्नेतलाई हराउँदै उनी कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा कुल ७२ मत मध्येमा हिराचनले ४० मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी बस्नेतले ३१ मत ल्याएका थिए । महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार कुल मत मध्येमा ७१ मत खसेको थियो ।

नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघको तयारी रहेको छ । हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board