कोरोनाको त्रास: सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं, १६ मंसिर । कोरोनाभाइरस (कोभिड-१९) महामारी अझै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालयले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो ।

प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ ।

‘पछिल्लो समय विभिन्न भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको प्रशासनको विज्ञप्तीमा उल्लेख छ । प्रशासनले यति प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने पनि चेतावनी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board