कोरोना भाइरस कहाँबाट फैलिएको थियो अमेरिकी अनुसन्धानले खोल्या नयाँ रहस्य

काठमाडौं २० मंसिर । करिब एक वर्षअघि वैज्ञानिकहरुले कोभिड–१९ बिरामी बनाउने सार्स–कोभ–२ पत्ता लगाएपछि चीनको वुहानमा केही मानिस संक्रमित भएको खबर बाहिरिएको थियो। यस्तोमा अहिलेसम्म विश्‍वले चीनबाटै कोरोना संक्रमण फैलिएको निचोड निकालिरहेको थियो।

तर एक नयाँ शोधका अनुसार महामारीको कारण बनेको यो भाइरसले चीनको वुहानमा देखिएको कयौँ साता पहिले नै मानिसलाई संक्रमित बनाइसकेको थियो। । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का वैज्ञानिकहरुले गरेको शोध विवरण क्लिनिकल इन्फेन्क्शियस डिजिज नामको पत्रिकामा छापिएको छ।

अहिलेसम्मको विवरण अनुसार आधिकारिक रुपमा वैज्ञानिकहरुलाई कोरोना भाइरसबारे ३१ डिसेम्बर २०१९ मा तब जानकारी मिल्यो जब चीनको बुहानमा एउटा चेतावनी आयो। त्यसबेला चीनको वुहान रहेको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले एक चेतावनी जारी गर्दै यस्ता मामिलाको पहिलो पटक पुष्टि गरेका थिए। उनले दिएको चेतावनी पत्रमा संक्रमित भएका मानिसमा निमोनियाको गम्भीर लक्षण देखिएको उल्लेख थियो। उनले यसलाई अनौठो किसिमले श्वास लिनुपर्ने बिरामी भनेका थिए।

तर महामारी सुरु भएको ११ महिनापछि शोधकर्ताहरुले अमेरिकाको तीन राज्यका ३९ जनाको शरीरमा कोरोना भाइरसको एन्टीबडी मिलेको पत्ता लगाएका छन्। उनीहरुका अनुसार यो एन्टीबडी चीनले कोरोना भाइरससँग जोडिएको चेतावनी दिएको दुई साता पहिले नै तीन ३९ जनामा देखिएको थियो। यस शोधका अनुसार अमेरिकामा १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० सम्म जम्मा ७ हजार तीन सय ८० रक्तदान गरेका थिए। यीमध्ये १०६ जनाको शरीरमा कोरोना भाइरसको एन्टीबडी पाइएको थियो।

कुनै पनि व्यक्तिको शरीरमा एन्टीबडी मिल्नुको मतलब हो, त्यो मानिस कुनै पनि समयमा कोरोना संक्रमित भएको थियो। र, कोरोना भएपछि उसको रोग प्रतिरोधक प्रणालीले भाइरससँग लड्न एन्टी बनाइसकेको छ । क्यालिफोर्निया, ओरेगन र वासिङ्गटनमा १३ देखि १६ डिसेम्बरबीच लिएको रगतको नमूनामध्ये ३९ जनामा कोरोना भाइरसको एन्टीबडी पाइएको थियो।

शोधका अनुसार ६७ नमुना जनवरीमा म्यासेचुस्याट्स, मिशिगन, रोड आइल्यान्ड र विस्कान्सिनमा लिइएको थियो। यो यी राज्यमा महामारीको प्रकोप बढ्नु भन्दा कयौँ अघि नै थियो।

अधिकतम् मानिस यस भाइरसको सम्पर्कमा आएका थिए उनीहरु पुरुष थिए र औसत उमेर ५२ वर्षको थियो। शोधकर्ताले यी मानिसको शरीमार पहिलेदेखि नै उपलब्ध कुनै कोरोना भाइरसविरुद्ध एन्टीबडी बनेको हुन सक्ने पनि अनुमान गरेका थिए। तर शोधका अनुसार एन्टीबडी पाइएका अधिकतम् मानिसमा कोभिड–१९ को लक्षण पनि थियो।

शोधकर्ताका अनुसार अमेरिकामा व्यापकरुपमा भाइरस संक्रमण फेब्रुअरी अन्तिमबाट फैलिएको थियो। तर अहिलेसम्म भाइरसको उत्पत्तिलाई लिएर अहिलेसम्मका जानकारीमा पनि यस शोधले परिवर्तन गर्ने अवस्था देखिएको छ।

सार्स९कोभ९२ भाइरस सबैभन्दा पहिले कहाँ देखियोरु यस प्रश्‍नको उत्तर दिन सायदै कहिल्यै सम्भव होला। तर यो शोधले चीनको वुहानमा डिसेम्बर २०१९ मा देखिनु कयौँ साता पहिले नै विश्‍वमा यो भाइरस रहेको निचोडतर्फ पुगेको देख्न सकिन्छ।

तर सीडीसीका शोधकर्ताहरु चीनमा भन्दा पहिले नै शरीरमा एन्टीबडी बनिसकेका ती अमेरिकनहरु आफ्नै देशमा संक्रमित भए या विदेशबाट संक्रमित भएर आए भन्‍ने निष्कर्षमा अझै पुगिसकेका छैनन्।

रक्तदान कार्यक्रम आयोजक रेडक्रसका अनुसार जुन मानिसको नमूना लिइएको थियो, उनीहरुमध्ये केबल ३ प्रतिशतले विदेश यात्रा गरेको बताएका थिए। जसमा ५ प्रतिशतले एसियाली देश घुमेर आएको उल्लेख गरेका थिए।

यसभन्दा पिहले केही अन्य शोधमा चीनले चेतावनी दिनुपहिले नै अन्य देशमा कोरोना भाइरस रहेको प्रमाण मिलेको बताएका थिए। यसै साल मे मा फ्रान्सेली वैज्ञानिकहरुले २७ डिसेम्म्बर २०१९ मा पेरिस नजिक एक व्यक्तिको उपचार शंकास्पद निमोनिया बिरामीका रुपमा गरेका थिए। यी व्यक्ति वास्तवमा कोरोना भाइरसबाट संक्रमित थिए।

कयौँ देशमा शोधकर्ताले ढलको पानीको नमूनामा कोरोना भाइरस पाइएको बताएका थिए। यो नमूना महामारी घोषणा गरिएको कयौँ साता पहिले लिइएका थिए।

जुन महिामा इटालीका वैज्ञानिकले मिलान सहरको ढलको पानीमा १८ डिसेम्बर २०१९ मै कोरोना भाइरसको निशान मिलेको बताएका थिए। तर यहाँ कोरोना भाइरसको पहिलो केसको पुष्टि कयौँ हप्तापछि भएको थियो।

स्पेनमा भएको एक शोध अनुसार बार्सिलोनामा जनवरीको मध्यमा ढलको पानीमा कोरोना भाइरसको नमुना मिलेको थियो। तर यहाँ त्यसको ४० दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

ब्राजिलमा कोरोना संक्रमणको पहिलो मामिला २६ फेब्रुअरी २०२० मा मिलेको थियो। साओ पाउलोका ६१ वर्षीय एक व्यापारी इटाली यात्राबाट आएको केही दिनपछि संक्रमित भएका थिए। त्यस बेलासम्म इटाली कोरोना महामारीको दोस्रो केन्द्र बनिसकेको थियो।

तर पनि फेडरल यूनिभर्सिटी अफ़ स्याटा क्याटरिना ९युएफएससी० का शोधकर्ताको एक टोलीले त्यसको केही महिना पहिले नै २७ नोभेम्बर २०१९ मा ढलको पानीमा कोरोनाको भाइरस पाइएको बताएका थिए।

ओस्वाल्डो क्रुज फाउन्डेशनद्वारा गरिएको एक अर्को शोध अनुसार ब्राजिलमा आधिकारिक रुपमा कोरोना संक्रमणको पहिलो केस पुष्टि हुनु एक महिना पहिले १९ देखि २५ जनवरीबीच यहाँ सार्स९कोभ९२ संक्रमणको पहिलो मामिला मिलेको थियो। तर पनि ती व्यक्तिले विदेश यात्रा गरेको बारे केही खुलाइएको छैन।

के वुहानबाट फैलिएको होइन त ?

सार्स९कोभ९२ जनावरबाट मानिसमा कसरी र कुन मितिमा आयो भन्‍ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। जानकारका अनुसार अहिलेसम्म महामारीको केन्द्र वुहानस्थित जनावरको बजारलाई मानिएको छ। जहाँ जीवित र मृत जंगली जनावरको मासु किनबेच हुन्छ।

एकै पटक कयौँ मानिसमा संक्रमण देखिएको हुनाले अहिलेसम्म यही बजारलाई कोरोनाको केन्द्र भनिन्छ। तर एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस फैलिन सुरु भएको मिति अझै पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन्।

हङकङ युनिभर्सिटीमा माइक्रोबायोलोजिस्ट युएन क्वाक(युङ्गले बिबिसीलाई भनेका थिए, यदि तपाईं मलाई सोध्नु हुन्छ भने वुहानको जंगली जनावर किनबेच हुने त्यही बजारबाट कोरोना फैलिन सुरु भएको भन्‍न सक्छु म।

चीनको वुहानमा डाक्टरहरुले गरेको एक अध्ययन अनुसार यहाँ कोरोनाको पहिलो मामिला डिसेम्बर पहिलो तारिखमा पत्ता लागेको थियो। तर यो केसको सम्बन्ध त्यो बजारसँग थिए। यो अध्ययन मेडिकल जर्नल ल्यान्सेटमा छापिएको छ।

केही जानकारहरुले महामारी फैलाउने क्षमता राख्ने भाइरस पहिचानमा नआइ कयौँ महिनासम्म विश्वभर रहन सक्ने सम्भावना हुँदैन। तर उत्तरी गोलार्द्धमा विशेषगरी चिसोको समयमा यो भाइरस पहिले नै पहिचानमा आएर रहन सक्छ।

एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board