बानेश्वरमा मोटरसाइकलको ठक्करबाट यात्रुको ज्यान गयो

काठमाडौं, २२ मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाण्डौ आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board