दार्चुलामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

दार्चुला, २२ मंसिर । दार्चुलामा गए राति ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिका अनुसार शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको हो । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board