स्वेता खड्काले गरिन् विवाह

काठमाडौं – नायिका स्वेता खड्काले लगनगाँठो कसेकी छिन् । स्वेता आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा उनले सोमबार धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् ।

यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ नायक श्रीकृष्ण श्रेष्ठसँग यसअघि उनको विवाह भएको थियो । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board