नेपालले बासमती धानमा दाबी पेश गर्ने

काठमाडौँ, २४ मङ्सिर । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताउँछन् । उनका अनुसार सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णयअनुसार नेपालका तर्फबाट केन्द्रले आधिकारिक दाबी पेश गर्ने निर्णय भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board