काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुुगलका अनुसार दुई नेताबीच पौने १ घण्टा बालुवाटारमा छलफल भएको हो ।
नेकपा विवाद उत्कर्षमा पुगका बेला भेटका लागि प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ । आजको भेटघाटमा सामान्य छलफल बाहेक अन्य कुनै ठोस कुरा नभएको बताइएको छ।
दुई नेताबीच गत २० भेटवार्ता भएको थियो । नेकपाको स्थायी कमिटी बैठक २८ गते बस्दैछ । दुबै अध्यक्षले सचिवालय हुँदै स्थायी कमिटीसम्म आ–आफ्ना प्रस्ताव पेश गरेका छन् ।
COMMENTS