नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने

काठमाडौं, २८ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ । अर्को बैठक पुस १ गते १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो । एक नेताका अनुसार नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गरिएको हो । पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट निधन भएको थियो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।

बैठकको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संकटबारे छलफल गर्नु नै स्थायी कमिटी बैठकको कार्यसूची रहेको जनाएका थिए । स्थायी कमिटी उदघाटनमा अनुपस्थित रहँदै दुई पन्ने पत्र लेखेका ओली आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board