उपत्यकामा वर्षकै धेरै चिसो, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

काठमाडौं, २९ मंसिर । काठमाडौं उपत्यकामा लगायत देशका अधिकांश भागमा चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको मौसम विभागले जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम रहेको माौसमविद्को भनाई छ ।

तापक्रम घटेकाले बिहानपख उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको हो । सोमबार बिहान पौने ६ बजे रेकर्ड गर्दा काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस पाईएको मौसमविद निराजन सापकोटाको भनाई छ । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४।५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यस्तै पश्चिम क्षेत्रको हिमाली भूभागमा हल्का हिउँ पर्ने सम्भावना पनि रहेको मौसम विभागले जनाएको छ । तराई–मधेस क्षेत्रमा भने लागेको हुस्सु दिउँसोतिर क्रमशः हट्दै जाने बताईएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board