‘आकस्मिक’ रुपमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, ३० मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।संवैधानिक परिषद बैठक ११ बजेपछि बस्न लागेको छ । सो बैठकअघि ‘आकस्मिक’ रुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले बताए ।

पार्टी भित्र विवाद कायमै रहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक आव्हान गरेका छन् । आइतवार बस्ने भनिएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहने जानकारीपछि बैठक आज बिहानका लागि सारिएको हो । संवैधानिक नियुक्तिबारे प्रधानमन्त्री ओलीको सभापति देउवासँग छलफल भएपछि उनी बैठकमा सहभागी हुने भएका हुन् ।

नेकपामा संवैधानिक नियुक्तका बिषयमा पनि विवाद छ । पार्टीभित्र छलफल गरेर संवैधानिक नियुक्ति गर्नुपर्ने सचिवालय र स्थायी समितिका नेताहरुको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । आजको मन्त्रिपरिषद बैठकले अन्य नीतिगत निर्णयहरु समेत लिने एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board