संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति कांग्रेस प्रतिबद्ध छः प्रकाशमान सिंह

जनकपुरधाम, ३० मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टी संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताउँदै नेता सिंहले भने ‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन’, ‘हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं ।’

कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएको भोलिपल्टै पार्टीका प्रभावशाली नेता सिंहले यो लाइन पार्टीको नभएको बताएका हुन् । ‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन’ मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने, ‘हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं ।’

मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र संविधानमा प्रदत्त अधिकारलाई सुरक्षित राख्दै अगाडि बढ्न पार्टी तयार रहेको बताए । ‘आफैंले ल्याएको परिवर्तन उल्टाउन सकिन्न,’ उनले भने।’

कांग्रेस नेता सिंहले नेकपा नेतृत्वको सरकार भने संघीय गणतन्त्रको मर्म विपरीत चलेको बताएका छन् । प्रधानमन्त्री स्वयंले प्रदेशलाई संघीय सरकारको प्रशासनिक केन्द्र भनेर अभिव्यक्ति दिनु संघीयताको उपहास भएको बताए ।

सरकार भ्रष्टाचारमा रुम्लिएको, आफ्नो स्वार्थ पूर्तिमा लागेकाले कांग्रेस सडकमा आउन बाध्य भएको उनले बताए । ‘अब हामी सरकारको भ्रष्टाचारी र सर्वसत्तावादविरुद्व निरन्तर सडक तताउँछौं’ पूर्वमहामन्त्री सिंहले भनेका छन् ।सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिंहले सरकारले नारा र सपना मात्र बाँडेको दोषारोपण गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board