सरकारले अध्यादेश ल्याएपछि नेकपामा तरंग, प्रचण्डसहितका शीर्ष नेताहरु परामर्शमा

काठमाडौं, ३० मंसिर । सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद थप उत्कर्षमा पुगेको छ । सत्तारुढ दलका शीर्ष नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

एक नेताका अनुसार प्रचण्ड निवासमा भेला भएका शीर्ष नेताले अध्यादेशबारे ठोस धारणा तय गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेपछि नेकपाका बहुमत नेताहरुले त्यसको विरोध गर्दै खारेज गर्न मागसमेत गरेका छन् । सो अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत विरोध जनाएका छन् ।

भेलामा प्रचण्डसहित नेकपा वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन् । नेकपाका अध्यक्ष प्रचण्डसहितका नेताले अध्यादेशप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री ओली पक्षीय नेता नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि प्रचण्ड निवास पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला सरकारले आजै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board