नेकपा स्थायी समिति बैठक बस्दै, अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने तयारी

काठमाडौं, १ पुष । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीमा विवाद झन् झन् पेचिलो बनेकै बेला नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो ।

सरकारले मंगलबार नेताहरुसँगै कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यादेश फिर्ता लिन माग गर्ने तयारी गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् ।

ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो खुमलटारमा भेला भएका थिए । स्रोतका अनुसार उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् ।

नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितीमै बैठक बस्न सक्ने र निर्णय गर्न पनि सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो । यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए । तर, पार्टीभित्रै त्यसको चर्को विरोध भएपछि दुवै अध्यादेश फिर्ता भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । आजको वैठकमा पार्टीमा कुनै सल्लाहबिनै ल्याएको अध्यादेशबारे महत्वकासाथ कुरा उठ्ने नेकपाका एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board