यस्तो छ राष्ट्रपतिलाई ८३ सांसदले संसदको अधिवेशन माग गर्दै लेखेको पत्र [पत्रसहित]

काठमाडौं, २ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८३ सांसदले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसदको अधिवेशन माग गर्दै अनुरोध पत्र लेखेका थिए । नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसालसहितका नेता ८३ सांसदको हस्ताक्षर लिएर शितल निवास पुगेका थिए । तर, पत्र भने दर्ता भएन ।

स्थायी समिति सदस्य रावलका अनुसार राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले दर्ता नगरी सम्पर्कबिहिन भएका थिए । उनीहरुले आफूहरूको पत्र दर्ता नभएसम्म नफर्किने भन्दै रावल र भुसाल ६ घन्टाभन्दा बढी शितल निवासमै समय बिताए ।

यता स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले आइतबार ल्याएको अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिलाई पठाइएको पत्र फिर्ता लिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्बोधन गरी लेखिएको पत्रमा प्रतिनिधि सभाको बैठक चालु नरहेको र बैठक बोलाउन बाञ्छनीय रहेको भनिएको छ ।

पत्रमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको विषयमा छलफल गर्न जरुरी रहेकाले संसद बैठक बोलाउन माग गरिएको उल्लेख छ । पत्रमा संविधानको प्रावधान अनुसार प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाई बढी सांसदहरूले अबिलम्ब बैठक बोलाउन अनुरोध गरेको उल्लेख छ ।

 पत्रमा के थियो ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board