काठमाडौं, २ पुष । आगामी तीन दिनको मौसम पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ । बिहीबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले जारी पूर्वानुमान अनुसार आज बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ । यस्तो छ महाशाखाले जारी गरेको आगामी तीन दिन बिहीबार, शुक्रबार र शनिबारको मौसमको पूर्वानुमानः
पौष २ (बिहीबार)
दिउँसोः प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ३ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातीः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ४ गते (शनिबार)
दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
COMMENTS