बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १ पुष । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् । स्रोतका अनुसार ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका हुन् ।

यस्तै ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ दल नेकपामा तरंग उत्पन्न भएको छ । नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सो अध्यादेश फिर्ता हुनुअघि नै बैठक बोलाइएपछि नेकपामा हल्लीखल्ली भएको हो ।

ओलीले फेरि संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ः३० बजेका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

बुधबार हिजो मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय भएको थियो । तर, राष्ट्रपति कार्यालयबाट बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना आएको छैन ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिषद बैठक बोलाएको जानकारी पठाइसकेका छन्। तर कांग्रेस सभापति देउवा भने उपस्थित नहुने भएको उनीनिकट स्रोतको भनाई छ ।

यो पनि पढ्नुहोस्…


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board