पाँच वटा खोप परीक्षणको अन्तिम चरणमा : खोप छिट्टै खुला गर्ने चीनको तयारी


काठमाडौँ, ४ पुस । चीनले सर्वसाधारणका लागि कोभिड-१९ विरुद्धको खोप छिट्टै खुला गर्ने तयारी गरेको छ ।केही हप्ताभित्रै सर्वसाधारणका लागि खोप खुला गर्ने तयारी भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोरोनाको खोप कार्यक्रम सञ्चालन गर्नेछ । तर केन्द्र सरकारले यसबारे अझै स्वीकृति भने दिइसकेको छैन ।

चीनमा सुरुमा उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ । चीनले विकास गरेका विभिन्न पाँच वटा कोरोना भाइरस विरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । चीनमा गएको वर्ष कोरोना भाइरस भेटिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board